•  ११ पुष २०८१, बिहीबार

अर्थ / कारोवार : माईखोला हाइड्रोपावरलाई सकारात्मक सर्किट > नेप्सेमा सामान्य अङ्कको गिरावट

- आश्विन ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।
विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता शेयर रू एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन् । आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक शून्य दशमलव ९२ र म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूहको उपसूचक शून्य दशमलव ९५ प्रतिशतले घटेको छ ।


माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुईवटा कम्पनी शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू सात करोड ६८ लाख ९६ हजार छ सय चार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको तीन लाख १९ हजार सात सय कित्ता शेयर किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर