•  २३ पुष २०८१, मंगलवार

कोशी प्रदेश सरकार : दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद विस्तार

- आश्विन ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्‍ विस्तार गरेका हुन् ।

नयाँ मन्त्रिपरिषदमा लीलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने भने बुद्धीकुमार राजभण्डारीले खानेपानी सिँचाई तथा उर्जामन्त्रीको जिममेवारी पाएका छन् ।

त्यसैगरी, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको रुपमा नियुक्त गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर