•  २३ पुष २०८१, मंगलवार

मुलुकलाई पुर्याएको अतुलनीय योगदान : ‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई नागरिक अभिनन्दन

- आश्विन ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दासलाई मंगलबार नागरिक अभिनन्दन गरिँदै छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएको जनाउँदै उनलाई नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको हो ।

अभिनन्दन मूल समारोह समितिले दिएको जानकारी अनुसार मंगलबार दिउँसो २ः३० बजे राष्ट्रियसभा गृहमा आयोजना हुने समारोहमा डा.दासलाई अभिनन्दन गरिने छ । समाजसेवी डा दासलाई नागरिकका तर्फबाट कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गर्ने कार्यक्रम छ ।

दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिका कोषाध्यक्ष मोहनमणि आचार्यका अनुसार नागरिकस्तरबाटै दिव्यपुरुष घोषणा गरिसकिएको हुनाले नागरिक अभिन्नदन गर्न लागिएको हो । सोही अवसरमा डा दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको सङ्गालो पुस्तक पनि विमोचन गर्ने कार्यक्रम छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा.लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय हुनुहुन्छ । विभिन्न स्वास्थ्य क्षेत्रमा योगदान गरी सेवानिवृत्त भएपछि पनि उनी अहिले पनि विभिन्न संस्थामा आबद्ध भएर सक्रियरूपमा सामाजिक अभियान्ताका रूपमा सेवामा समर्पित छन् ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका डा दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गरेका थिए । उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर