•  २३ पुष २०८१, मंगलवार

ललिता निवास प्रकरण : सर्वोच्चले भन्यो पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध किन मुद्दा दर्ता परेन ?

- आश्विन ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नगर्नुको कारणबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवास प्रकरणमा सरकारका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर