खुलेर स्वास्थ्य जाँच गराउँदै मधेसी र मुस्लिम महिला
- आश्विन ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
नेपालगञ्ज ।
बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् ।
नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताउछन् । “पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्”, अभियन्ता तथा फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले भने ।
उनले महिलामा देखिने स्वास्थ्य समस्या टालटुल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै चरम लापरबाहीका कारण समस्या जटिल हुँदै गएको बताए । अध्यक्ष सिद्धिकीले बालविवाह र धेरै बच्चा पाउने समस्या देखिएकाले मधेसी र मुस्लिम महिला स्वास्थ्य समस्याबाट पीडित भएको जानकारी दिँदै २० देखि ४० वर्षका महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको उल्लेख गरे ।
“महिला आर्थिकरूपमा सशक्त छैनन् र अस्पताल जान पनि लाज मान्छन् त्यसैले हामीले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ”, उनले भने । फातिमा फाण्डेसन नेपालको सहयोग र टेवा नेपाल काठमाडौँको आयोजनामा जिल्लाको जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगर नगरपालिकाको मधेसी तथा मुस्लिम बाहुल्य क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । सो शिविरमा परीक्षण गराएकामध्ये १४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।
उक्त शिविर नेपालगञ्जको १४ नं वडामा पनि सञ्चालन गर्ने तयारी भएको छ । अध्यक्ष सिद्धिकीले घरेलु महिला सबैभन्दा स्वास्थ्य समस्याबाट ग्रसित भएको भन्दै उनीहरूको उपचार प्राथमिकताको विषय हुनुपर्नेमा जोड दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments