सरकारले ड्राइभर र भरिया पक्राउ गर्‍यो, सुन तस्कर मुस्कुराइरहेका छन् : अध्यक्ष ओली

- आश्विन ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राइभर र भरिया पक्राउ गरेको बताएका छन् ।

मंगलबार नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वास्तविक तस्कर मुस्कुराइ रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले अन्य व्यापारीले २०-५० लाखको सामन ल्याउन एलसी खोल्नुपर्ने व्यवस्था भएपनि अर्बौको सुन ल्याउँदा कहाँबाट पैसा गयो भन्ने कुरा नखुलेको बताए ।

उनले भने, ‘ड्राईभर, भरियालाई कारबाही गरेर यो सबै बन्द हुन्छ रु मुस्कुराइ राखेको छ जो करप्टर हो । जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराई राखेको छ । आनन्द लिइराखेको छ’ ।

सुन तस्करीका लागि नेपाली नागरिकता दिएर २०७४ सालदेखि नै तयारी रहेको खुलेको उनले बताए । नागरिकता कसले दिएको, किन दिएको र कति पैसा लिएर दिएको भन्नेबारे सरकारले छानविनसमेत गर्न नचाहेको ओलीको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर