आन्दोलनमा स्वास्थ्यकर्मी : स्वास्थ्यकर्मी माथिको आक्रमण निन्दनीय

- आश्विन १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
अछाम ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै चिकित्सकहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सवा ठप्प रहने बताए ।
देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएका हो । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर