विश्व सेरोफेरो : प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा फेइजुलाई आवश्यक बहुमत पुगेन
- आश्विन १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
स्पेनको नयाँ प्रधानमन्त्री बन्नका लागि भएको संसदीय मतदानमा अल्बर्टो नुनेज–फेइजुको दाबी बुधबार संसदले अस्वीकृत गरेको छ । प्रधानमन्त्रीका लागि चाहिने आवश्यक १७८ मतमध्ये उनले १७२ मात्र प्राप्त गरेका छन् ।
कामचलाउ अवस्थामा रहेका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले प्रधानमन्त्रीको लागि १७८ मत आफ्नो पक्षमा रहेको पुष्टि गर्न दुई महिनाको समयको प्रस्ताव तयार भएको छ ।
राजनीतिक अस्तित्वका लागि पटक–पटक आफ्नो क्षमता प्रदर्शन गर्दै आएका सान्चेज बास्क र क्याटलान क्षेत्रीय पार्टीहरूको समर्थनमा आफू पुनः सत्तामा फर्कनेमा विश्वस्त छन् ।
जुलाईमा भएको अनिर्णायक चुनावमा सबैभन्दा बढी मत प्राप्त गरे पनि फेइजुले बुधबार आफ्नो दक्षिणपन्थी पपुलर पार्टी ९पीपी०, अति दक्षिणपन्थी भोक्स र अन्य दुई साना गुटका १७२ सांसदको समर्थन बटुल्न सफल भएका थिए ।
प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित हुन उहाँलाई ३५० सदस्यीय संसद्मा १७६ मतको बहुमत आवश्यक छ ।
भोक्ससँगको गठबन्धनका कारण उनी आवश्यक समर्थन प्राप्त गर्न असमर्थ थिए, जसको चरम स्थितिले पीपीलाई लगभग पूर्ण रूपमा अलग गरेको छ ।
फेइजुले शुक्रबार दोस्रो मतदानको पनि सामना गर्नुपर्नेछ । दोस्रो मतदानमा विपक्षमा भन्दा पक्षमा बढी मत आवश्यक पर्छ । तर त्यहाँ पनि, उनीसँग पर्याप्त समर्थन मिल्ने कुनै सम्भावना छैन ।
अर्को हप्ता राजा फिलीप छैटौंले सान्चेजलाई सरकार गठनका लागि जिम्मेवारी दिने अपेक्षा गरिएको छ । यद्यपि प्रधानमन्त्रीको नयाँ निर्वाचनका लागि मिति तय हुन बाँकी छ । यदि उनी पनि असफल भए स्पेनमा सम्भवतः जनवरीमा पुनः निर्वाचन हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments