अपराध : २७ वर्षपछि काठ चोर परे प्रहरीको फन्दामा

- आश्विन ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कञ्चनपुर प्रहरीले काठ चोरी मुद्दामा फरार अभियुक्तलाई बुधबार पक्राउ गरी कारागार चलान गरेको छ । यहाँको कृष्णपुर नगरपालिका–६ का गोरे रोकायालाई २७ वर्षपछि पक्राउ गरी कञ्चनपुर जिल्ला अदालत पेश गरी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतले काठ चोरी मुद्दामा २०५३ साल असारमा एक वर्र्ष कैद र रु १७ हजार तीन सय ८० जरिवाना तोकेको थियो । मुद्दापछि फरार रहेका रोकाया लुकीछिपी बस्दै आएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर