इन्द्रदहमा भक्तजनको घुइँचो, इन्द्रायणी देवीको पूजा गरे ठूलो पूण्य प्राप्ति मिल्ने जनविश्वास
- आश्विन १२, २०८० मा प्रकाशित
कासिन न्यूज
भक्तपुर ।
भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पु¥याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ । सोहीअनुसार बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पु¥याएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।
देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ । इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ ।
इन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments