अपराध / चोरलाई चौतारी : सुन तस्करले सरकारको आँखा छल्दै तस्करको नयाँ बाटो पहिल्याउँदै

- आश्विन १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चिनियाँ सुन तस्करले सरकारको अनुपस्थिति हुने स्थानलाई अहिले सुन तस्करीको बाटो बनाउन थालेका छन् । सरकारको अनुपस्थिति हुने बाटोमा लोकल मानिसहरुलाई भरिया बनाएर सुन तस्करी गर्ने पनि खुलेको छ ।
दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना लाई नेपाल प्रहरीले पक्राउ गरेपछि सुन तस्करीको बारेमा खुलेको हो ।
प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा बिगु–३ जामुनेमा सीता तामाङको घरमा डेरा बस्ने बिगु–१ लामाबगरका २८ वर्षीय केशर तामाङको कोठाबाट ४ केजी सुन प्रहरीले बरामद गरेको थियो । त्यसकै आधारमा बुधबार राति ३ र बिहीबार दिउँसो २ जना गरी ५ जना पक्राउ परेका थिए ।
तस्करीमा संलग्न आरोपमा तामाङसहित बिगु–१ लामाबगरकै १८ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, लामाबगरकै ५५ वर्षीय नुर्वछिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरिएको हो । पेम्बा र माधवले उक्त सुन नेपाल–चीन सीमा रोङजियाबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् । उक्त सुन पेम्बाले केशरलाई दिएको खुलको छ । सुन काठमाडौं लैजान नुर्व र सुनमाला चरिकोट आएका थिए ।
लामाबगरबाट रोङजिया नाका पुग्न एक दिन हिँड्नुपर्छ । बिगु–१ चीनसँग ३ वटा सीमा जोडिएको वडा हो । चीनले एक साताका लागि रोङजिया र कोल्दिम नाका खुलाए पनि लप्ची नाका अहिले सम्म खुला गरेको छैन ।
गत आइतबार चीनले उक्त नाका एक साताका लागि खुलाएको थियो । हिमाली क्षेत्रको जंगलको बाटो भएर मात्रै रोङजिया पुगिन्छ । त्यहाँबाट चीनको टिङ्ग्री काउन्टीको फलाक बजार नजिकै पर्छ । बरामद भएको सुन फलाकबाट आएको खुलेको दोलखाका डीएसपी दीपक खड्काले बताए । ‘आरोपितले फलाकबाट सुन बोकेर ल्याएको बयान दिएका छन्,’ उनले भने, ‘पक्राउ परेकाहरू नै तस्कर भए÷नभएको बारे अनुसन्धानमै छौं ।’
रोङजिया नाका खुलाउने क्रममा आइतबार चिनियाँ पक्षले स्थानीयलाई नागरिकता र बोर्डर पास लिएर आउन भनेको थियो । जसका कारण तस्करले स्थानीयलाई प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका केशरसहित अन्य स्थानीय पनि उक्त नाका पुगेका थिए । सुन बरामद भएपछि केही स्थानीय सम्पर्कविहीन छन् ।

‘सुन तस्करीमा प्रत्यक्ष रूपमा चिनियाँ नागरिक संलग्न रहेको खुलको छ,’ डीएसपी खड्काले भने, ‘केही भरिया र केही सुन लिन मध्यस्थकर्ता बनेर आएकाहरू पक्राउ परेका छन् । फरारको खोजी जारी छ ।’ पक्राउ परेकाको बयानका आधारमा फरार रहेका स्थानीयसँग पनि सुन रहेको स्रोतको भनाइ छ । प्रहरीले पक्राउ गरेको सुन पेम्बा र माधवले बोकेर आएका थिए । सोही आधारमा तस्करले एक व्यक्ति बराबर २ केजी सुन बोकाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सोही स्थानमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा आउनेजानेको सोधीखोजी र जाँचका लागि समेत चेकपोस्ट छ । उक्त क्षेत्रमा स्थानीयलाई खासै निगरानी नहुने भएकाले तस्करले स्थानीयलाई प्रयोग गरेको प्रहरीको भनाइ छ । लामबगरका एक स्थानीयका अनुसार महिना दिनदेखि यो क्षेत्रमा फरक खालको गतिविधि भइरहेको थियो । ‘केही चिनियाँ मान्छे पटक–पटक आएका थिए,’ उनले भने, ‘यहाँ आउँदा नुर्वसँग भेट्ने गर्थे, हामीले सिनो हाइड्रोका होलान् भनेर वास्ता गरेनौं ।’ सिनो हाइड्रोले तामाकोशी आयोजनामा सिभिल संरचनाको काम गरेको थियो । तस्करले योजना बनाएरै फलाकबाट रोङजिया नाका हुँदै भरियामार्फत सुन तस्करी गरिरहेको हुन सक्ने प्रहरी स्रोतले बतायो । रोङजियाबाट स्थानीयले चरिकोटसम्म ल्याउने र त्यहाँबाट भरिया परिवर्तन गरेर ओसारिने गरेको पनि खुलेको स्रोतको भनाइ छ ।

पक्राउ परेकालाई दोलखा जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको डीएसपी खड्काले बताए । पैदलमार्गबाट ठूलो परिमाणमा अवैध ढंगले सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुरक्षा संयन्त्र नपुगेको उत्तरी विकट भेगबाट भित्रिएको ४ केजी सुन दोलखा प्रहरीले बरामद गरेसँगै यस्तै अन्य नाका पनि तस्करीमा प्रयोग भएको आशंका छ ।
थति छ । अन्य सरकारी निकाय पनि भारततर्फका सीमा नाकामा तैनाथ छन् । उत्तरतर्फ राज्यको उपस्थिति कमजोर हुँदा यी नाका तस्करीमा प्रयोग हुन सक्ने जोखिम बढेको हो । केही नाकामा उपस्थिति बढाउन पहल भए पनि स्रोतसाधन र सुरक्षा जनशक्ति थप्न नसकिने कारण देखाएर सरकार पन्छिँदै आएको छ । सीमा सुरक्षा र बीओपी विस्तारकै लागि सशस्त्रले करि
पछिल्लो पटक ११ महिनामा त्रिभुवन विमानस्थल हुँदै साढे ३ क्विन्टलभन्दा बढी सुन तस्करी गरी भित्रिएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

त्यसमध्ये पहिलो चरणको अनुसन्धान टुंगिएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराधसमेत ७ वटा कसुरमा चिनियाँसहितका तस्करविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । दोस्रो चरणको अनुसन्धान सीआईबीले गरिरहेका बेला चिनियाँ तस्करकै संलग्नतामा स्थल मार्ग हुँदै भित्रिएको ४ केजी सुन दोलखाबाट बरामद हुनुले उत्तरतर्फका अरू नाकाको निगरानी र सुरक्षा तैनाथीमा सरकारको ध्यान जान आवश्यक छ । चीनतर्फ हाल ९ ठाउँमा मात्रै बीओपी छन् । यीमध्ये पनि धेरैजसो नाकाबाट निकै वर राखिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर