राम्रा पोष्टहरुमा लाइक ! कमेन्ट ! स्टार : नराम्रोमा त नो लाइक ! नो कमेन्ट ! नो स्टार
- आश्विन १२, २०८० मा प्रकाशित
काठमाडौं ।
फेसबुक र टिकटकको जोडी सुहाउन थालेको छ । किन कि यि दुईको आपसी सम्वन्धमा अलिकति पनि धक्का लाग्यो भने फेसबुक र टिकटकमा रमाउनेहरुको जीवन बर्बाद हुन्छ ।
सामान्य अवस्थामा रहने बानी परेका नेपाली युवायुवतीहरुको जीवनमा प्रगाढ मित्रता कायम गरिरहेको फेसबुक र टिकटक चलाउँदा चलाउँदा सिम्रनलाई पनि अलि अलि बोर लाग्न थालेको रहेछ । उनी भन्दै थिइन, कति चलाउनु जे पायो त्यही पोष्ट्याउन थालीएको छ अचेल ।
यसो फेसबुकको पाना खोल्यो अनि आउन थाल्छ विभिन्न थरी थरीका पोष्टहरु । कति पोष्टहरु यस्ता हुन्छन् । जसका कारण मानिसहरुको होस् नै उड्छ । अझ अहिले त फेसबुकको स्टोरी कोलममा त आफनो तस्विर भन्दा पनि विदेशी तरुनीहरुको नाङ्गो तस्विरले भरिएको हुन्छ ।
सिम्रन भन्दै थिइन, यस्तो बेथितीको आकारलाई कसरी अँगाल्नु त्यसैले म त यसो खोल्छु । राम्रो पोष्टहरु रहेछ भने लाइक र कमेन्ट । अरुमा त नो लाइक नोे कमेन्ट ।
हुन् त अहिलेका युवायुवतीहरुको सोचमा आएको परिवर्तनले यस्ता पोष्टहरुले मान्यता पाउन थालेका हुन् । सामाजिक सोच र आधुनिक युक्त प्रविधि मैत्री संसारमा रमाउन थालेका युवायुवतीहरु देखी मध्यम वर्षीय मानिसहरुमा यस्ता नवरंगी धारणा आउन थालेको छ ।
प्रविधिको प्रयोगमा आएको ब्यापकता देखी सिम्रन निकै खुशी पनि देखीन्छिन् ।किनकी स्रिमनको सोचमा यो सबै महिलाहरुको कारणले भएको हो । स्रिमन भन्दै थिइन ,कृपया महिलाहरूलाई उनीहरूको लुकमा मात्र नघटाउनुहोस् – किनकि हामी जस्तो देखिन्छौं त्यो भन्दा धेरै छौं । साथै, हामी सबै अद्वितीय छौं र हाम्रो आफ्नै पहिचान छ। एकदमै निपुण, सुन्दर र अद्वितीय व्यक्तित्व भएको महिलाहरुको लस्कर छ पछिल्लो पुस्ता ।
सिम्रनको भनाई बाट के बुझिन्छ भने फेसबुक र टिकटकको पछिल्लो अभियानमा पुरुष भन्दा महिलाहरुको आधिपत्य जमेको छ । कुनै पनि पोष्टहरुमा पुरुषहरुको तस्विर भन्दा महिलाहरुको तस्विरले महत्व पाउन थालेको छ । लाइक, कमेन्ट र स्टारहरुले महिलाहरुको पोष्ट नै भरिन थालेको छ ।
अन्त्यमा सिम्रन भन्दै थिइन जति बोर लागे पनि आफनो मनबहलाउने साथी भनेको अहिले फेसबुक र टिकटक भएको छ । यसलाई त्यतिकै छोडिएला जस्तो लाग्दैन । तर यसको प्रयोगमा आएको छाडापनलाई भने मत्थर गर्नुपर्नेमा सिम्रनको जोड थियो । प्रविधिलाई प्रविधिको ढाँचामा प्रयोग गर्दा राम्रो हुन्थ्यो भन्ने सोच सिम्रनको रहेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments