एमाले बागमती प्रदेश अधिवेशन : हुन सकेन सहमति > सुस्त गतिमा चल्दै मतदान

- आश्विन १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बेलाबेलामा विद्युतीय मेसिनले काम नगर्दा मत गन्तिमा ढिलाई भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनका अनुसार शुक्रबार अपराह्न साढे चार बजेसम्म पाँच सय जनाले मतदान गरेका थिए ।
एक जनालाई मत हाल्न कम्तिमा १० मिनेट लागेको बताइएको छ । मतदान दिउँसो साढे १ बजेबाट सुरु भएको थियो । ११ सय ६७ जना मतदाताले मतदान गर्दैछन् । ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरिएको छ ।
अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।
मेसिनमा समस्या नआए सात बजेभित्र मतदान सकिने निर्वाचन प्रमुख मैनालीले बताए । सात बजेभित्र मतदान सम्पन्न भएमा त्यसको दुई घण्टापछि नतिजा सार्वजनिक हुने मैनालीको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर