एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा ढुंगेल विजयी, सचिवमा पण्डित एक मतले पराजित
- आश्विन १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका छन् ।
ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।
उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । भने सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।
खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments