आन्दोलनमा स्वास्थ्यकर्मी : शृङ्खलाबद्ध रूपमा भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित

- आश्विन १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् ।


चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म ¥यालीसहित विरोध प्रदर्शन गरेका हुन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् ।


पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर