नयाँ पार्टी भनेका रत्नपार्कको पेटिमा बसेर दबाई बिक्री गर्ने व्यापारी मात्र हुन् : कांग्रेस महामन्त्री थापा

- आश्विन १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
सिन्धुली ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकार उल्टो गतिमा हिँडेको आरोप लगाएका छन् । सिन्धुलीको दुधौलीमा कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले डाक्टरहरुको आन्दोलनलाई सरकारले अनदेखा गरेको आरोप लगाए ।
’डाक्टर कुट्नेलाई थुन्नु पर्दैन ?,’ उनले भने, ‘थुन्नुपर्नेलाई नथुन्ने, नथुन्नु पर्नेलाई थुन्ने उल्टो गतिमा सरकार हिँडेको छ ।’
प्रदेश सरकारलाई अधिकार नदिएकोमा आक्रोश व्यक्त गर्दै महामन्त्री थापाले भने, ’एउटा भवन बनाउन जग्गाको निर्णय गर्नुपर्दा मुख्यमन्त्रीलाई मालपोतको हाकिमले डन्डा चलाउँछ, अनि कसरी संघीयता बलियो हुन्छ ?’ ’मुख्यमन्त्री जिल्लाको सीडीओ र मालपोतको हाकिमभन्दा तल छ,’ उनले भने, ‘यस्तो कहीं हुन्छ ।

प्रहरीको त परैजाओस् चाहिने कर्मचारीसमेत दिएको छैन ।’ कोशी प्रदेशमा केही दिनमै कांग्रेस नेतृत्वमा सरकार बन्ने उनले ठोकुवा गरे । कांग्रेसको जिम्मामा देश रहेकाले यो भएन, त्यो भएन भन्ने छुट नरहेको महामन्त्री थापाको भनाइ थियो ।
नयाँ पार्टीलाई रत्नपार्कको पेटिमा बसेर दबाई बिक्री गर्नेको संज्ञा दिँदै महामन्त्री थापाले देश बनाउन ’जादुको छडी छ’ भनेजस्तै गरेर हिँडेको आरोप लगाए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर