•  ११ पुष २०८१, बिहीबार

प्रधानमन्त्री दाहालको निर्देशन : घट्ने भो भाउ : पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता हुँदै

- आश्विन १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आयल निगमलाई आजै मूल्यवृद्धिको निर्णय फिर्ता गर्न निर्देशन दिएका छन् । “निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको समयमा मूल्यवृद्धिले जनतालाई समस्यामा पार्ने विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन । निगमले साविककै मूल्य कायम गर्दै आजै सूचना निकाल्ने छ ।
नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर