हाम्रो छिमेकी : अफगान दूतावास बन्द > भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा
- आश्विन १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
नयाँदिल्ली ।
नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार राति जारी विज्ञप्तिमा जनाइएको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा “भारत सरकारको असहयोग, दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवद्र्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा दूतावास बन्द गर्नुपरेको” विज्ञप्तिमा उल्लेख छ ।
भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन ।
त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ । यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द हुने जानकारी दिएको थियो ।
(रासस / एएनआई)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments