अपडेट / नायकले गरे ठगी : चर्चित नायक भुवन के.सीका छोरा अनमोल म्याद थप्न सरकारी वकिल कार्यालयमा

- आश्विन १४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चलचित्रमा लेनदेनको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालयमा लगिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई काठमाडौंबाट पक्राउ गरेको हो ।उनी चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा हुन् ।
उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानको लागि केसीलाई पक्राउ गरिएको ती प्रहरीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर