१९ औं एसियाली खेलकुद : नेपालको महिला कबड्डीमा कास्य पदक जित्ने सम्भावना बलियो
- आश्विन १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने सम्भावना बलियो भएको छ । दक्षिण एसियाली दुई राष्ट्रको भिडन्तमा आइतबार बंगलादेशलाई ३७–२४ ले हराउँदै नेपालले कम्तीमा कास्य पदक जित्ने लगभग पक्का गरेको छ । खेलको मध्यान्तरमा नेपाल २१–१६ ले अगाडि रह्यो।
समूहको अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालको कास्य पदक पक्का हुनेछ । इरान अघिल्लो संस्करणको स्वर्ण पदक विजेता टोली हो ।
सात टोली सहभागी महिला कबड्डीमा इरानसँगै नेपाल र बंगलादेश एकै समूहमा छन् । आइतबारको जितेमा नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ। कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुने समिकरण छ । अन्तिम चारमा पराजित हुने दुबै टोली स्वतः तेस्रो हुने कारण नेपालले बंगलादेशलाई हराए कम्तिमा कास्य पदक पक्का हुने देखिएको हो ।
सन् २०१९ मा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३६–२५ ले हराएको थियो । नेपालले उक्त संस्करणमा फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments