त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको दशैं लक्षित योजना : के के मा भन्सार लाग्ने – के के मा नलाग्ने ?
- आश्विन १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जसै दशैं आगमनको संकेत गर्छ । देश विदेशमा रहेका विभिन्न क्षेत्रका मानिसहरुको आफनो थातथलोमा जाने लर्कोे लाग्छ । आफन्त र मान्यजनहरुलाई भेट्ने एउटा मौकाको रुपमा पनि दशैंलाई लिइने गरिन्छ । त्यसैले दशैंलाई लक्षित गरेर विभिन्न संस्थाहरुले आफनो कामकार्वाहीलाई अगाडी बडाई रहेका हुन्छन् ।
दशैंको पर्वलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँमा विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउन पाउने वस्तुहरूको सूची सार्वजनिक गरेको छ । विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची निकालेको हो ।
भन्सार कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले साथमा निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउँछन् ।
कार्यालयका अनुसार घर फर्कँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट दिइएको छ । यस्तै, एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने कानुनी व्यवस्था रहेको छ ।
थप एक थान मोबाइल
यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नपर्छ ।
टेलिभिजनमा यस्तो छ व्यवस्था
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।
यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ ।
कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएका सामान मात्रै ल्याउन अनुरोध गरेको छ । कानुनले छुट दिएका बाहेकका सामान ल्याउँदै नल्याउन कार्यालयले वैदेशिक रोजगारीमा गएकाहरूलाई अनुरोध गरेको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट नेपाल फर्कँदा अपरिचित व्यक्तिले विभिन्न सामान प्रलोभनमा पठाउने गरेको पाइएको भन्दै कार्यालयले त्यसप्रति सचेत रहन पनि आग्रह गरेको छ ।
यात्रुहरूले कानुनी व्यवस्था विपरीत सामान ल्याएमा माल वस्तु जफत हुने र सोको दोब्बर मूल्य बराबर जरिवाना तथा कैद सजाय समेत हुने व्यवस्था छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments