१९औँ एसियन खेलकुद : नेपालले पायो दुई सय ३ रनको लक्ष्य

- आश्विन १६, २०८० मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपालले भारतसँगको प्रतिस्पर्धामा दुई सय ३ रनको लक्ष्य पाएको छ । युनिभर्सिटी मैदानमा भारतले पहिलो टस जितेर ब्याटिङ निर्णय लिएको थियो । भारतले २० ओभरमा चार विकेटको क्षतिमा दुई सय २ रनको विशाल योगफल प्राप्त गरेको छ ।
भारतका लागि रिंकु सिंह र शिभव डुवेले पाँचौँ किवेटका लागि २२ बलमा विस्फोटक ५२ रनको साझेदारी गरेका थिए । गत सिजनको इन्डियन प्रिमियर लिगमा चम्केका रिंकुले १५ बलमा ३७ रनको इनिङ्स खेले । कोलकता नाइटराइडर्सका विस्फोटक ब्याट्सम्यानका रुपमा चनिने रिंकुले दुई चौका र चार छक्का हाने । शिभमले १९ बलमा दुई चौका र एक छक्का हाने ।
बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार ओभरमा ३१ रन खर्चेर दुई विकेट हात पारे भने सोमपाल कामीले चार ओभरमा ३८ रन दिँदै एक विकेट लिए । यसैगरी सन्दीप लामिछानेले तीन ओभरमा एक विकेट लिन २८ रन खर्चेका थिए । करण केसी, अभिनाश बोहरा र रोहित पौडेल विकेट विहिन रहे ।

दीपेन्द्रले भारतीय कप्तान ऋतुराज गायकवाडको विकेट लिए । उनले २३ बलमा ४ चौकासहित २५ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि जैसवाल र गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर