एमाले / राजनीति : पार्टीको निर्णय नमानेको परिणाम > प्रदेशमा उम्मेदवार भएका तीनको केन्द्रीय सदस्य पद गयो

- आश्विन १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेले गरेको निर्णय अनुसार एक व्यक्ति एक पदको मान्यता नमानेको कारण तिन केन्द्रिय सदस्यको पद खारेज भएको छ । जसमा तिन जना केन्द्रिय सदस्य परेका छन् ।
हालै प्रदेशहरूमा भएका अधिवेशनमा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले समेत निर्वाचन लडेका थिए । यसरी केन्द्रीय सदस्य छोडेर प्रदेशका लागि चुनाव लड्ने बागमतीमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल रहेका थिए । ढुङ्गेलले निर्वाचन जितेकाले उनले पोलिटब्युरो सरहको मान्यता पाए पनि दाहालको केन्द्रीय सदस्य पद गुमेको छ ।
त्यसैगरी कोशी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवार बनेका केन्द्रीय सदस्य विनोद ढकालको पनि पद गुमेको छ । ढकाल अर्का नेता घनश्याम खतिवडासँगको चुनावी प्रतिस्पर्धामा पराजित बनेका थिए । तल्लो कमिटीमा झरेर चुनाव लडेकै कारण लुम्बिनीका हरि रिजालको पनि केन्द्रीय सदस्य पद गुमेको छ ।
राधाकृष्ण कँडेलसँग प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका रिजाल कँडेलले अध्यक्षमा जितेपछि उनको केन्द्रीय सदस्य पद गुम्न पुगेको हो । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले विधान अनुसार प्रतिनिधि छानिँदा नै भइरहेको पद जाने भए पनि पछिल्लो केन्द्रीय कमिटी बैठकले प्रतिनिधि बन्नलाई छुट दिएको बताए ।

तर उनले प्रदेशमा चुनाव लडेपछि भइरहेको पद स्वतः खारेज हुने व्यवस्था कायमै रहेको बताए । ‘अहिले केन्द्रीय सदस्यहरू जो जो प्रदेशको उम्मेदवार हुनुभएको छ उहाँहरूको केन्द्रीय सदस्य पद स्वतः गएको छ’, नेता पोखरेलको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर