अब स्मृतिमा : वरिष्ठ गायिका दिलमाया
- आश्विन १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सन् १९३९ को अक्टोबर ६ का दिन दार्जिलिङमा जन्मिएकी वरिष्ठ गायिका दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन् । त्यही समारोहमा उनले आफ्ना आफन्तकहाँ गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ तथा गायिका तारादेवी मन्त्रमुग्ध भएका थिए । त्यसपछि उनलाई नेपाली गीत आउन आग्रह गरे सँगै उनले नेपाली गीतमा आफनो निरन्तरता कायम गर्न थालीन ।
गायिका खातीलाई गत भदौको अन्तिम साता संगीत साधक स्व.गोपाल योञ्जनको ८०औँ स्मृति दिवसको अवसरमा सम्मान गरिएको थियो । गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा आयोजित कार्यक्रममा ८५ वर्षीया खातीलाई एक लाख ६० हजार रुपैयाँसहित गोपाल योञ्जन स्मृति स्रष्टा सम्मान प्रदान गरिएको थियो ।
गायिका खातीले विछोडको पीडा नसकी खप्न दशैंको बेलामा, खोलाको दुई किनार, सम्हाल पछ्यौरी, सम्झे है बुझे है यो मेरो जोवन, बचाइराख, अरु केही माग्दिन, पारिबाट फुक्यो जस्ता लोकप्रिय एक सय ५० बढी नेपाली गीत गाएकी थिइन् ।
यिनै वरिष्ठ गायिका खातीको मंगलावार राति निधन भएको छ । लामो समयदेखि दम रोगबाट पीडित खातीको भारतको सिलगढीमा निधन भएको हो । पारिवारिक सदस्यका अनुसार ८४ वर्षको उमेरमा निधन भएको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments