गीत / सङ्गीत : ‘कोदाली र कुटो’, – ‘शिरमा रिबन’ ले बनायो अधिकारीलाई एक सफल गायक

- आश्विन १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
अर्घाखाँची ।

‘कोदाली र कुटो’, र ‘शिरमा रिबन’ अहिले नेपाली आधुनिक लोक लयमा चर्चित गीत हुन् । सामाजिक सञ्जालका टिकटक, युटुब र फेसबुकजस्ता माध्यमबाट मलाई दर्शकले अहिले धेरै फलो गरेको गीतहरु मध्ये यो पनि एक पर्न आउँछ ।
यिनै गीतमा मिठो स्वर भर्न सफल रहेका गायक हुन् राजन अधिकारी । लोक दोहोरको माध्यमबाट अहिले चर्चामा रहेका गायक अधिकारीले गीत सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् ।
अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं.३, ठाडाबाट काठमाडौं प्रवेश गरेका १९ वर्षीय अधिकारीले गाएका गीतहरुमध्ये धेरै गीतहरुले चचा पाएका छन् । गीतका साथै प्रत्यक्ष प्रसारित दोहोरीमा उनको पहिचान बेग्लै छ । दोहोरीमा अरु कलाकारका भन्दा उनको प्रस्तुति र शब्दहरु बेग्लै हुन्छन् ।
“गीतभित्र मनको भावना लुकेका हुन्छन् । कुनै पनि गीत सिर्जना गर्दा सर्जकले आफ्नो कथा र आफ्नो भोगाइभन्दा पनि माथि रहेर यथार्थ सामाजिक जीवनसँग मेल खाने गीतहरु बजारमा ल्याउनुपर्छ,” कलाकार अधिकारी भन्छन् , “गीत सङ्गीतले समाजमा रहेको नकारात्मक कुरालाई सकारात्मकमा बदल्नुुपर्छ ।

म चाहान्छु हरेक सर्जकले चर्चा कमाउनुभन्दा पनि समाजलाई सकारात्मक परिवर्तन ल्याउने तवरले गीत सिर्जना गर्नुपर्छ ।”
“छोटो समयमा धेरै दर्शकको माया पाउने भाग्यमानी कलाकारमध्ये म पनि एक हुजस्तो लाग्छ मलाई । सामाजिक सञ्जालका टिकटक, युटुब र फेसबुकजस्ता माध्यमबाट मलाई दर्शकले फलो गर्नाका साथै मेरा गीत पनि सुन्दै आइरहनुभएको छ। धेरैले कमेन्टमा यो भाइ एक दिन इतिहास बन्छ भन्ने कुरा लेखेको देख्छु । उहाँहरुको यस्ता प्रतिक्रियाहरुले आफूले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेर आएको छ राजनको भनाइ थियो ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर