सिगरेट (भेप) मार्फत सुन तस्करी प्रकरण : पूर्व सभामुख महरालाई गराइयो कागज > तस्कर समूहका चिनियाँ नागरिक दावोजिनका चालक पौडेल सीआईबीको फन्दामा

- आश्विन १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) केही दिनअघि विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ पक्राउ गरेको छ ।
सुन काण्डको बारेमा चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । राहुल सँग दोस्रो पटक थालिएको अनुसन्धान पछि चालक पौडेल पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो ।

प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो । त्यसमा कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम समेत उल्लेख भएपछि उनीहरुमाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।
यसअघि सीआईबीले दायर गरेको मुद्दाको अभियोग पत्रमा पौडेललाई सुन ल्याउने समूहका व्यक्तिहरुको सूचीमा राखिएको थियो । त्यसमा तस्कर समूहका दाओजिङ वाङसँग उनको ६५१ पटक सम्पर्क भएको विवरण राखिएको थियो । अर्का चिनियाँ नागरिक लुईले समेत उनलाई ३ पटक फोन गरेका थिए । यही प्रकरणमा ब्यूरोले सोमबार पूर्वसभामुख महरालाई समेत बयान कागज गराएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर