•  २६ पुष २०८१, शुक्रबार

विश्व सेरोफेरो : अमेरिकी सभामुख म्याककार्थीलाई पदबाट हटाइयो

- आश्विन १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
वासिङ्टन ।

अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकाको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) का सभामुख केभिन म्याककार्थीलाई पदबाट हटाइएको छ । कुनै पनि हालतमा राजीनामा नदिने भन्दै आएका म्याककार्थीका लागि यसबाहेक कुनै विकल्प बाँकी थिएन । उनलाई निष्कासन गर्ने रिपब्लिकनहरू उनको पक्षमा थिएनन् भने डेमोक्र्याट सांसदहरू पनि उनलाई पदमा राखिरहन वार्ताका लागि तयार थिएनन् ।
मङ्गलबार बेलुका सांसदहरूलाई उनले सभामुखका लागि फेरि उम्मेदवार नबन्ने बताएका थिए । रिपब्लिकनहरूको बहुमत रहेको तल्लो सदनलाई नेतृत्व गर्ने स्पष्ट उत्तराधिकारी नहुँदा अर्को चरण थप अन्योल भएको छ ।
रिपब्लिकनहरूले अर्को सभामुख चयन नगरुन्जेल सदनको कारबाही अर्को सातासमम्मका लागि स्थगित गरिएको छ ।
“मैले मतदानमा बहुमत गुमाएको हुन सक्छ तर यो कक्षबाट बाहिर निस्कँदा सभामुख पदको सेवा गर्न पाएकामा आफूलाई भाग्यमानी महसुस गरेको छु”, पत्रकार सम्मेलनमा म्याककार्थीले भने , “म केही पनि परिवर्तन गर्दिन ।”
म्याककार्थीका मुख्य प्रतिद्वन्द्वी फ्लोरिडा राज्यका रिपब्लिकन सांसद म्याट गेट्जले सभामुख पद खाली गराउन दुर्लभ मतदानको व्यवस्था गरे र नाटकीयरूपमा दिउँसो त्यसलाई अगाडि बढाएका थिए ।
गत जनवरीमा रिपब्लिकनहरूको झिनो बहुमतमा म्याककार्थी सभामुख बनेका थिए । त्यतिबेला उनलाई सभामुख बन्न रोक्न खोज्ने आठ जना कट्टर दक्षिणपन्थी रिपब्लिकनहरूले यस पटक अनिवार्यरूपमा सभामुखबाट हटाए ।
बैठकको अध्यक्षता गरेका अधिकारीले म्याककार्थीका पक्षमा दुई सय १० र विपक्षमा दुई सय १६ मत आएको भन्दै सभामुख पद रिक्त भएका घोषणा गरेका थिए ।
त्यसको केही समयमा म्याककार्थीका शीर्ष सहयोगी रिपब्लिकन सदस्य प्याट्रिक म्याकहेनरी आर एन सीलाई सदनको नियमानुसार अर्को सभामुख चयन नभएसम्मका लागि काम गर्न नियुक्त गरियो ।
(रासस / एपी)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर