प्रतिनिधि सभा : उपभोक्ता हित समितिको बैठकमा सुपारी बारे छलफल
- आश्विन १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रतिनिधि सभाअन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सुरु हुनुपूर्व नै सांसदहरूको टेबलमा सुपारीका स–साना प्याकेट राखिएको थियो । यसरी सांसदहरूको अगाडि सुपारीको प्याकेट राख्ने काम गरेका थिए नेपाल सुपारी खेती विकास संस्थाका पदाधिकारीहरूले । प्रतिनिधि सभाअन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बुधबार नेपालमा उत्पादन हुने सुपारीको अवस्था र समस्याबारे छलफल भयो । समितिले ‘नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल’ सम्बन्धी बैठकको कार्यसूची राखेको थियो ।
छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सचिव मुकुन्द प्रसाद निरौला, सहसचिव रामचन्द्र तिवारीका साथै सुपारी खेतीको उत्पादन तथा व्यवसायमा लागेका व्यक्तिहरूलाई समितिमा बोलाइएको थियो ।
नेपालमा उत्पादित सुपारी भारत निकासीका लागि उद्योग मन्त्रालयले सहजीकरण नगरेको, पाँच महिना धाउँदासमेत सुनुवाइ नभएको भन्दै सुपारी व्यवसायीहरूले समितिमा उजुरी गरेका थिए । उजुरी परेपछि समितिले सरोकारवाला पक्षलाई छलफलमा बोलाएको थियो ।
उजुरीकर्ता नेपाल सुपारी खेती विकास संस्थाका हरि दाहालले नेपालमा सुपारी खेतीको अवस्थाबारे जानकारी गराउँदै अघिल्लो वर्ष राष्ट्रिय सरोकार समितिले डीएनए परीक्षण गरेर सुपारी निर्यात गर्न दिनु भन्ने निर्देशन देखाएर प्रत्येक सुपारीको दानाको डीएनए टेष्ट गर्न सम्भव नभएको भनेर मन्त्रालयले निर्यातका लागि सहयोग नगरेको बताए ।
दाहालले भने– ‘नेपालमा उत्पादित सुपारीलाई निर्यात गर्नका लागि उद्योग मन्त्रालयले सहजीकरण गरिदिनुप¥यो । नेपालमा सुपारी चाहिने उद्योगको लागि आयात गर्न दिने तर यहाँ उत्पादन भएको गुणस्तरीय सुपारीलाई निर्यात गर्न नदिने हो भने भएको सुपारीको बोट काट्ने हो ? कि तस्करी गर भन्ने हो ?’
उद्योग मन्त्रालयले जारी गरेको सुपारी निर्यात कार्यविधि २०६८ मा नेपाल विकास संस्थाको सिफारिसमा मात्र सुपारी निर्यात हुन सक्ने भन्ने व्यवस्था गरिएको थियो ।
हाल ३ वटा संस्था उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सले ‘यो सुपारी नेपालमा उत्पादन भएको हो’ भन्ने प्रमाणपत्र जारी गर्न सिफारिस गर्दै आएका छन् ।
तेस्रो मुलुकबाट नेपालमा सुपारी तस्करी हुने र भारतमा जाने भएपछि त्यसलाई रोक्न र नेपाली गुणस्तरीय सुपारी निर्यात गर्नका लागि संसदीय समितिले दिएको निर्देशन मन्त्रालयले कार्यान्वयन गर्न नसकेपछि सुपारी उत्पादक मर्कामा परेका थिए ।
समितिको बैठकमा उपस्थित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । मन्त्री रिजालले सुपारी उत्पादक तथा व्यवसायीहरूसँग छलफल गरेर आवश्यक निर्णय लिने बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments