विश्व शिक्षक दिवस : शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी एैक्यवद्धता

- आश्विन १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरू भने कतै कला र साहित्यका रूपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।

हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो । आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।

आजको दिन हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ, शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी एैक्यवद्धता भन्ने नाराका साथ विश्वभरिका १०० भन्दा बढी देशहरू र हजारौँ सङ्गठनहरूले विश्व शिक्षक दिवस मनाउदैछन् ।

हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए । क बाट कछुवा देखि ज्ञ बाट ज्ञानीसम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक नमन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर