बाँके घटना : चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ, कर्फ्युका विषयमा सुरक्षा समितिको बैठक बस्दै
- आश्विन १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
बाँके (नेपालगञ्ज) ।
नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाइएको कर्फ्यु तेस्रो दिन पनि जारी रहेको छ। नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन्। अत्यावश्यक काममा हिँडेका बाहेकलाई बाहिर निस्किन दिइएको छैन।
कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ।
बिहिबार सुरक्षा समितिको बैठक बस्ने र यो बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै हटाउने विश्वास गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सुरक्षा समितिको बैठकले कर्फ्युका विषयमा केही निर्णय गर्ने बताए। ‘बैठकले कर्फ्युलाई खुकुलो बनाउने कि हटाउने भन्ने केही निर्णय गर्ला’, केसीले भने।
मंगलबार एकाएक अशान्त बनेको नेपालगञ्ज त्यसपछि शान्त रहेको छ। बुधबार दिनभरि नै नेपालगञ्ज शान्त रह्यो। बिहिबार पनि कतै कुनै अराजक गतिविधि देखिएको छैन।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments