अर्थ / विचार : कसलाई सुनाउने समस्या ? चामल, दाल, चिनिको मूल्य सोध्दै बित्छ जीवन > सार्वजनिक ऋण प्रतिव्यक्ति रू ७९ हजारभन्दा माथि
- आश्विन १८, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
जोरपाटी नारायणटारकी मनमाया चौँलागाईको चटारो अहिले निक्कै बढ्दो छ । खासगरि मनमाया घरव्यवहार हेर्ने गृहणी महिला हुन् । तै पनि उनी श्रीमान् राम चौँलागाईले पालेको गाईहरुको स्याहारसुसारमा आफनो ध्यान केन्द्रित गर्छिन । उनको मन त्यति खुशी भने छैन । कारण जति कमाए पनि जति घोटिए उनी माथि थपिएको आर्थिक पाटोले उनको टाउको जहिले पनि रिंगाइरहन्छ ।
त्यस्तै अवस्था छ रामको पनि बिहान बेलुका दुधको व्यापार गर्ने यी चौँलागाई दम्पत्तिको सबैभन्दा ठूलो टाउको दुखाई भनेको अहिले आकाश छुन पुगेको महँगाई हो । महँगाईको कारण चौँलागाई परिवार निकै ठूलो चपेटामा परेको छ ।
त्यस्तै पुरानो बानेश्वर बत्तिसपुतली कि रिता वाग्लेको समस्या पनि चौँलागाईको भन्दा फरक छैन् । वाग्ले पनि दैनिक घरव्यवहार चलाउने महिलामा पर्छिन् । उनको टाउको दुखाई पनि अहिले ह्वातै बढेको महँगाई नै हो । महँगाईका कारण आउँदै गरेको चाड दशैं तिहार कसरी मनाउने र कसरी एडजस्ट गर्ने भन्ने सोचमा उनको दिन बित्ने गर्छ । वाग्लेको श्रीमान् प्राइभेट फर्मका कर्मचारी हुन् । एक जनाको कमाईले चार जनाको परिवारको भरथेग गरिरहेका यि दुई दम्पत्तिलाई सामान्य भन्दा सामान्य रुपमा घरव्यवहार चलाउन पनि मुस्किल छ ।
काठमाडौंमा देखीएको यी दुई परिवारको समस्यालाई गहिरीएर नियाँल्ने हो भने यी त परिदृष्यमा देखीएको सामान्य उदाहरण मात्र हो । काठमाडौंमा यस्ता उदाहरणका खानीहरु बग्रेल्ती रुपमा पाइने गरिएका छन् । यस्ता उदाहरण जन्मनुको एक मात्र कारण देशमा बढेको महँगाई । अहिले यही महँगाई मारमा यस्ता उदाहरणहरु पर्न थालेका छन् ।
काठमाडौं मात्र नभएर देशभरको समस्याको रुपमा अगाडी आएको महँगाईले अहिले आम नेपालीको दैनिकी नै बेथोलेको अवस्था छ । जति जति चाडपर्व नजिकीदै जान्छ । महँगाईको मारमा यस्ता उदाहरण पर्दै जान्छन् । अहिले काठमाडौंको बजारमा हरेक बस्तुको मूल्यमा डिग्रीको पारो माथि उठ्दै जान थालेको छ । दैनिक आवश्यकिय बस्तुहरु चिनि, चामल, दाल देखी हरेक उपभोग्य बस्तुहरुको भाउ आकाशीयको छ । जसको मारमा माथिका उदाहरण मात्र होइनन सम्पूर्ण नेपालीहरु परिरहेका छन् । सामान्य भन्दा सामान्य मानिस मात्र होइन उच्च वर्गका मानिसहरु पनि महँगाईको मारमा परिरहेका छन् ।
बजारमा उपभोग्य वस्तुको मुल्य आकासिए पछि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका सर्वसाधारण थप समस्यामा परेका छन्। छिमेकी देश भारतले दैनिक उपभोग्य खाद्यान्न चामललगायतका वस्तुमा मूल्य वृद्धि गरेको भन्दै नेपालका उद्योगी व्यवसायीले नेपालमै उत्पादन हुने खाद्यान्नको समेत मूल्य वृद्धि गरेका छन् । बजारका पसलपिच्छे उपभोग्य वस्तुको मुल्य फरक छ । चाडपर्वमा अन्य समयमा भन्दा दैनिक उपभोग्य वस्तुको खपत बढी हुन्छ । व्यापारीले चाडपर्वको मौकामा अचाक्ली मुल्य बढाएको उपभोक्ताहरूको आरोप छ । दैनिक मुल्य वृद्धि हुँदा सरोकार नागरिकप्रति गैरजिम्मेवार भएको उनीहरुको गुनासो छ ।
यता नेपालीहरु महँगाईको मारमा परिरहेका छन् भने उनीहरुको टाउकोमा दैनिक भरिने ऋणको थुप्रोले टाउकाको रौहरु झर्ने अवस्था आईसकेको छ । नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक विवरणलाई एक चोटी नियाँल्ने हो भने अहिले नेपालको कुल सार्वजनिक ऋण मात्र रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।
ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती दुई महिनामा मात्रै रू १० अर्ब ५१ करोड बराबर ऋण थपिएको छ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा कुल राष्ट्रिय ऋण दायित्व करिब ४३ प्रतिशत बराबर पुगेको छ । अहिले नेपालको जिडिपी आकार रू ५३ खर्ब ८१ अर्ब ३३ करोड बराबर रहेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ ।
अहिले आम नेपाली एकातर्फ महँगी र भष्ट्राचार देखी वाक्क भएका छन् भने त्यस माथि आफनो टाउको माथि आएको श्रmृणभार अर्को पाटो भएको छ । त्यस्तै, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय एक बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार अहिले नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । यसरी, कुल सार्वजनिक ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा रू ७९ हजारभन्दा बढी ऋण पर्न आउने देखिएको हो । यो अवस्थामा अब आम नेपालीले आफूलाई बचाउन के गर्नु पर्ने हो न त राज्यलाई थाहा न त स्वयं नेपालीलाई नै ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments