माफी मिनाहा गरेर सरकारले गल्ती दोहोराइरहेको छ : महामन्त्री थापा

- आश्विन १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री तथा युवा सासद गगनकुमार थापाले कानुनका छिद्र प्रयोग गरेर बदनियतसाथ आम माफी दिइने प्रचलन गलत भएको बताएका छन् । बिहिबार संसदमा बोल्ने क्रममा नेता थापाले आममाफी सम्बन्धी बनेका विभिन्न कानून र अदालतका व्याख्याका बर्खिलाप पटक(पटक माफी मिनाहा गरेर सरकारले गल्ती दोहोराइरहेको छ। यसमा सरकारले जवाफ दिनुपर्छ।

आममाफी सम्बन्धी यस्ता घटना बाहिरिएपछि त्यसको विरोध हुन्छ तर यसको जरो सम्म पुगेर काम नै भएको छैन। “आसन अनुसार भाषण बदलेर” हामी यो समस्याको समाधानमा पुग्दैनौ ।

त्यसकारण, मेरो आग्रह छ, सदनले सरकार लाई निर्देशित गरोस्। आम माफी सम्बन्धी छरिएर रहेका विभिन्न कानुनलाई एकीकृत गराएर सम्पूर्ण प्रक्रियाको व्याख्या गरौँ र कानुनी छिद्र टालौँ। अहिले भएका गल्ती र भविष्यमा हुन नदिन काम गरौँ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर