समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने सर्तमा रिहा भए आचार्य श्रीनिवास
- आश्विन १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
जनकपुर ।
धर्मगुरु आचार्य श्रीनिवास हिरासतमुक्त भएका छन् । प्रमुख जिल्ला अधिकारीसमक्ष आइन्दा समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने भन्दै माफी मागेपछि उनी हिरासत मुक्त भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबारै आचार्य श्रीनिवासलाई जिल्ला अदालतमा पेस गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । तर प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उनलाई ५०० रुपैयाँ जरिवाना लिएर छाड्न आदेश दिएका थिए ।
असोज १२ गते गौहत्याको विरोधमा आयोजना गरिएको र्यालीमा श्रीनिवासाले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै आलोचना भएको थियो । उनलाई मंगलवार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । आचार्य श्रीनिवासले धनुषामा बोलेको हुँदा उनलाई पक्राउ गर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments