हाम्रो कृषि / गरे के हुन्न ? : देश पनि नेपाल -थर पनि नेपाल- काम पनि नेपालमा > दुधले बनायो नेपाल दाजुभाईलाई करोडपती

- आश्विन १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
चौतारा (सिन्धुपाल्चोक) ।

कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउछन् । चार वटा गाई पालेका उनले दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्छन् । अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर रु छ लाख ८२ हजार एक सय ९९ आम्दानी गरेका छन् । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर रु छ लाख ३३ हजार तीन सय र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर रु छ लाख २१ हजार दुई सय कमाउन सफल भएका छन् ।
दुध बेचेर मनग्य आम्दानी गर्ने यी नेपाल दाजुभाईलाई गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेच्न सहयोग गरिरहेको छ ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका यी नेपाल दाजुभाईले एकै आर्थिक वर्षमा रु दुई करोडभन्दा बढी आम्दानी गरेका छन् ।
मिहेनत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण बित्तजेलका कृषकले देखाएका छन् । घरमै बसेर खेतीपती र वस्तुभाउ दुवै पेसालाईसँगै लगेर लखपति बन्न सकेकोमा कृषक तोयानाथ खुसी छन् । उनीजस्तै दुई सय ८० कृषकले नियमितरुपमा दूध बेच्दै आइरहेका छन् । उक्त संस्थाले गत आवमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध सङ्कलन तथा बिक्री गरेको व्यवस्थापक द्वारीका नेपाल जानकारी दिन्छन् ।

दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा रु दुई करोड एक लाख दस हजार आम्दानी गरेको छ । उक्त संस्थाले एक वर्षमा रु सात करोड ५१ लाख २८ हजार पाँच सय २२ को कारोबार गर्नाका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ । संस्थाको शेयर सदस्य भने चार सय ३६ छन् । सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपाल बताउछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर