विश्व सेरोफेरो : खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युत्मा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट
- आश्विन १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
बैङ्कक ।
खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ ।
नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलविद्युत् उत्पादनको गिरावटले बिद्युतीय सङ्क्रमणको गतिलाई नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको बताएको छ ।
यस वर्षको जुनसम्ममा विश्वव्यापी जलविद्युत् उत्पादन आठ दशमलव पाँच प्रतिशतले गिरावट भएको उल्लेख गरेको छ । यो पछिल्लो दुई दशकमा कुनै पनि पूर्ण वर्षमा भएको गिरावट भन्दा बढी हो । उक्त गिरावटको तीन चौथाइ चीनमा भएको गिरावटको परिणाम हो ।
बेइजिङको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार सन् २०२२ को शरद र सन् २०२३ को गर्मीयामको बीचमा चीनमा सामान्य वर्षको तुलनामा उल्लेखनीयरूपमा कम पानी परेको थियो भने तापक्रम पनि उच्च भएको थियो ।
विश्वव्यापीरूपमा सौर्य ऊर्जा र वायु शक्ति १२ प्रतिशतले बढेको भए पनि जलविद्युत् उत्पादनमा भएको कमीले सन् २०२३ को पहिलो छ महिनामा कार्बन उत्सर्जन थोरैले वृद्धि भएको छ ।
विद्युत्को मागमा न्यून वृद्धिले अन्यथा हुनसक्ने अवस्थाभन्दा कार्बन उत्सर्जनमा हुने वृद्धिलाई कम राख्न सहयोग गरेको एम्बरले जारी बिहीबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।
तर चीनमा जलविद्युत्को उत्पादनमा आएको कमीका कारण कार्बन उत्सर्जन झण्डै आठ प्रतिशतले बढेको छ । एम्बरले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी र खडेरीको अवस्थाले यो वर्षको जलविद्युत् उत्पादनमा कमी आएको हुनसक्ने बताएको छ । उसले भविष्यका प्रभावहरूको गणना गर्न कठिन हुने चेतावनीसमेत दिएको छ ।
एम्बरले जलविद्युत् उत्पादनको सम्भावनामा जलवायु परिवर्तनको परिणामहरू भौगोलिक आधारमा भिन्न रहेको उल्लेख गरेको छ ।
“वर्षाको ढाँचा र तीव्रतामा आएको परिवर्तनका साथै वाष्पीकरणमा भएको वृद्धिले क्षेत्रगत आधारमा जलविद्युत् उत्पादनमा सकारात्मक र नकारात्मक दुवैरूपमा असर गर्नेछ”, प्रतिवेदनमा भनिएको छ ।
मध्य अफ्रिका, भारत, मध्य एसिया र उत्तरी उच्च अक्षांश भएका केही क्षेत्रमा जलविद्युत् उत्पादन क्षमतामा वृद्धि देखिनसक्छ । तर दक्षिणी युरोप, दक्षिणी अमेरिकी र अन्य स्थानमा जलविद्युत् उत्पादन कमजोर हुने सम्भावना छ ।
यस वर्षको राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (कोप) को बैठकमा कोपका प्रमुखले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा विश्वव्यापीरूपमा तीन गुणाले बढाउन आह्वान गरेका छन् ।
साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना सन् २०३० सम्ममा जीवाश्म इन्धनको माग उच्च हुने प्रक्षेपण गरेको थियो ।
तर गत वर्षको पहिलो छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा वायु शक्ति र सौय ऊर्जाको उत्पादन अत्यन्त सुस्त गतिमा भएको छ जसले ऊर्जा क्षेत्रमा लाभको कमजोरीलाई प्रतिबिम्बित गरेको छ ।
“वायु र सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि उत्साहजनक भए पनि जलवायु परिवर्तनका कारण जलविद्युत् उत्पादनमा देखिएको प्रतिकूलतालाई हामीले नजरअन्दाज गर्न सक्तैनौँ”, एम्बरका वरिष्ठ विद्युत् विश्लेषक मालगोर्जटा वेट्रस–मोटिकाले भने , “विश्व ऊर्जा क्षेत्र उत्सर्जनको उच्च अवस्थामा छ र यो दशकमा नवीकरणीय ऊर्जाको उत्पादन तीन गुणाले वृद्धि गर्न विश्वव्यापी सम्झौता गरेर हामीले जीवाश्म इन्धनको उत्पादनमा भएको तीव्र गिरावटलाई गति दिन आवश्यक छ ।”
(रासस/एएफपी)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments