विश्व सेरोफेरो : सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन
- आश्विन १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
वासिङ्टन ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गरेका छन् । उनले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गरेका हुन् ।
“ओहायोको चौथो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै वासिङ्टन डिसीको सफल यात्रा सुरु गर्नुभन्दा धेरै अघिदेखि नै जिम जोर्डन स्टार थिए ”, ट्रम्पले आफ्नो साइट ट्रुथ सोसलमा लेखेका छन् , “उनी सदनको एक महान सभामुख हुनुहुनेछ र मेरो उहाँलाई पूर्ण समर्थन छ ।”
टेक्सासका रिपब्लिकन सांसद टोरी नेहल्सले बिहीबार राति जोर्डनको सभामुख पदको उम्मेदवारीलाई ट्रम्पले समर्थन गराएको बताएको केही घण्टापछि उक्त घोषणा आएको हो ।
(रासस / एपी)
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments