फेसबुक(अनुहार किताब) चलाउँदाको दुःख
- आश्विन १९, २०८० मा प्रकाशित
काठमाडौं ।
फेसबुक र टिकटकको जोडी सुहाउन थालेको धेरै भै सक्यो । विश्वमा आधुनिक प्रवृधिको आगमन सँगै उदाएको फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालका कारणले व्यक्तिले व्यक्ति सँगको भेटलाई कम्प्युटर, ल्यापटप देखी एनोरोवाइड मोवाइलको माध्यम बनाउन थालेको छ ।
अहिले प्रत्यक्ष भेटको चलन पातलींदै छ । घरबाट सबै काम हुने भएपछि किन बाहिर आइरहन्छ मानिस । त्यसैले पनि हो सिम्रन सँग मेरो भेट नभएको । किन हामी प्रवृधि प्रयोगी भएका छौं ।
एक आपसको प्रत्यक्ष भेटलाई विशेष महत्व दिन छोडिएकोले पनि होला सिम्रन र मेरो भेट प्रविधि भित्र नै सिमित हुन् थालेको ।
तर आज कासिन गाथा लेख्दा लेख्दै गर्दा फेसबुकले डरलाग्दो म्यासेज पठाएर भन्यो,‘ तपाईको एकाउन्टलाई अस्थायी रुपमा केही दिनको लागि लक गरिएको छ’ ।
अंग्रेजी भाषामा पठाएको सूचनामा भनिएको रहेछ मैले समाजलाई हानि हुने काम गरेको कारण मेरो फेसबुकको खाता बन्द गरिएको रे । समाचारलाई समाज सामु प्रक्षेपण गर्दा समाजलाई हानि हुने भए त समाचार नै बन्द गर्दा राम्रो हुन्छ होला ।
एक त प्रवृधिले टाढा पुर्याउँदै गएको बेला शुक्रबार देखी त झन् फेसबुकले टाढा बन्न बाध्य बनायो । त्यसैले अबको केही दिन सिम्रनबाट टाढा हुनु बाहेक केही उपाय छैन् ।
फेसबुकलाई बिना सूचना कसैको सूचनाको आधार खोज्ने अधिकार हुनुपर्ने त होइन जस्तो पनि लाग्छ । तर ताल्चा साँचो नै उनीहरुको हातमा भएपछि उनीहरुले प्रयोग त गरिहाल्छन् ।
फेसबुकको लतले गर्दा हरेक प्रकारका कुराहरु थाहा पाउन सजिलो भएको थियो । तर आज देखी कति दिन सम्म अनुहार किताबको मुहार देख्न नपाउने । समाचार शेयर र पोष्ट गर्दा यत्रो दुःख पाइदो रहेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments