६० किलो सुन तस्करी प्रकरण : २५ जना थुनामा राखिने, सुब्बालाई ५ लाख धरौटीमा छाड्न आदेश

- आश्विन १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । त्यस्तै भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

यसैगरी कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरु राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतमलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

अदालतले दोलखाको मेलुङ गाउँपालिका–३ का रामकुमार भुजेल, सोही ठाउँका दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर