विश्व सेरोफेरो : इजरायल आक्रमणमा ९ जना नेपाली विद्यार्थी घाइते
- आश्विन २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् ।
भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ । उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धक बनाएको जानकारी दिएको हो ।
शनिबार बिहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ ।
१९८७ मा इजरायलविरुद्ध युद्ध गर्न भनेर खुलेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासलाई सिरिटी इरान नामक संस्थाको पृष्ठपोषण छ । हमास अर्थात् इस्लामिक प्रतिरोध आन्दोलन नाम दिइएको संस्था इजरायलसँग रकेट लन्चर र बमसहित आक्रमणमा उत्रिएपछि संसारभरिको ध्यान खिचिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments