साप्ताहिक राशिफल : यस्तो हुनेछ इनाम, प्रतिष्ठा, धनार्जन लगायत तपाईको यो साता

- आश्विन २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इनाम र प्रतिष्ठा, धनार्जन लगायत यस्तो हुनेछ तपाईको यो साता असोज २१ गते आइतबारदेखि चैत्र २७ गते शनिवारसम्मको हो। एक हप्तामा समग्रमा कुन राशिफललाई कस्तो छ भनी राखिएको छ।

साताको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ
)

यो साता मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता रोकिएका र चिताएको कामले तीव्रता लिने र रोकिएका अधुरा कामहरू पुनस् प्रारम्भ हुने छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । गरेका काममा ढिलासुस्ती हुनेछ कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । पुनर्मिलनको योग रहेको छ । कुनै कुराले अनुहारमा चमक आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । साताको अन्त्यमा भने चुनौतीको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृदेवतालाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साता ससाना यात्राबाट राम्रो फल मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । अतिथिको रूपमा सत्कार पाइएला । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर आहार विहार प्रति सजग रहनु पर्छ । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले मंगलवारबाट नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो सातमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

यो साता आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यो हप्ता बजार घुम्ने अवसर मिल्नेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा निलो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

यो साता आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्ला । अनावश्यक झमेलामा परिएला, तर सोमबारबाट धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

स्रोत : ज्योतिष विज्ञान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर