दुःखद क्षण : कीर्तिमानी आरोही तेन्जेन र अमेरिकी नागरिक गिना मारी हिम पहिरोमा परि बेपत्ता

- आश्विन २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चीनको तिब्बतमा रहेको १४ औँ अग्लो सिशापाङ हिमालमा गएको हिम पहिरोमा परि विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन् । गत शनिवार गएको हिम पहिरोमा उनीसँगै अर्का आरोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार नेपाली पथप्रदर्शक तेन्जेन र नर्वेकी महिला आरोहीले गत साउनमा विश्वकै दोस्रो अग्लो (८,६११ मिटर) हिमाल सम्पन्न गरेसँगै विश्व रेकर्ड कायम गरेका थिए । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा जारी विज्ञप्ति पनि तेन्जेन हिम पहिरोमा परि बेपत्ता भएको जनाइएको छ ।
गत शनिवार गएको हिम पहिरोमा आरोही गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटु पनि हिम पहिरोमा बेपत्ता भएका थिए । सोही दिन दुवै जनाको शव भेटिएको जानकारी मन्त्रालयका प्रवक्ता एवं सहसचिव हेमराज तामाङले दिए ।

उनका अनुसार तेन्जेनसँगै पर्वतारोही अमेरिकी नागरिक गिना मारी पनि बेपत्ता भएकी छिन् । त्यस्तै आरोही गाइड कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामीरिता शेर्पा गम्भीर घाइतेका रूपमा भेटिएको मन्त्रालयले जनाएको छ ।
सहसचिव तामाङका अनुसार हराइरहेका घाइते, आरोही गाइड र शेर्पाहरूको खोज तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पहल भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर