•  २६ पुष २०८१, शुक्रबार

द्वन्दमा इजरायल : दक्षिणी समुदायहरू नियन्त्रण गरेको इजराइली सेनाको दाबी

- आश्विन २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतङ्ककारीहरूलाई लखेट्न भएको सङ्घर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको हो ।

“गाजापट्टी छेउछाउमा रहेका समुदायहरूमाथिको नियन्त्रण पुनःप्राप्त भएको छ”, इजराइली प्रतिरक्षा फौज (आइडीएफ) का प्रवक्ता डेनियल हगारीले पत्रकारहरूसँग भने । यद्यपि उनले त्यहाँ अझै पनि आतङ्ककारीहरू हुनसक्ने बताए ।

हगारीले इजराइल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानहरूले सुरक्षित बनाउने बताए । इजराइली समुदायहरूमा आक्रमण गर्दा शनिबार हमास लडाकुहरूले उक्त पर्खाल भत्काएका थिए ।

हमासका लडाकुहरूले आक्रमण गरेको केही घन्टामै इजराइलले जगेडामा राखिएका तीन लाखभन्दा बढी सैनिकहरूलाई परिचालन गर्ने गर्ने घोषणा गरेको थियो ।

शनिबार बिहान गाजापट्टीबाट हमासका लडाकुहरूले मध्य र दक्षिणी इजराइलमा तीन हजारभन्दा बढी रकेट आक्रमण गरेका थिए । इजराइलले गाजामा जवाफी हवाई आक्रमण गर्यो ।

हमासको रकेट आक्रमणमा परी इजराइली अधिकारीहरूले कम्तीमा सात सय नागरिक मारिएको र दुई हजार तीन सयभन्दा बढी घाइते भएको बताएको छ ।

आक्रमणका क्रममा लडाकु समूहले गाजामा एक ३० भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ । इजराइलले गरेको जवाफी हमलामा ७८ नाबालिगसहित कम्तीमा चार सय ९३ प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर