इजरायलमा मारिएका युवाको घर–घरमा पुगे सीडीओ, सन्तानको शब घरैमा ल्याइदिन अपील
- आश्विन २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार साँझ सातवटै प्रमुख जिल्ला अधिकारीलाई सोमबार इजरालमा निधन भएका नेपाली युवाको घरमा पुगेर सान्त्वना दिन निर्देशन दिए पछि सोमबार सात जिल्ला प्रमुख जिल्ला अधिकारी मृतकका घर–घर पुगेका थिए । त्यसपछि सातवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निधन भएका व्यक्तिको घरमै पुगेका गृह मन्त्रालयले जनाएको छ ।
इजरायलमा निधन भएका धनुषाको लक्ष्मीनियाँ, गाउँपालिका–४ का आनन्द साहसाहका परिवारलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे नेतृत्वको टोलीले भेटेर सान्त्वना दिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल निधन भएका दुई जना आदर्श गाउँपालिकाका पदम थापा, शिखर नगरपालिकाका राजन फुलाराको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी मालिकार्जुन गाउपालिका वडा नम्बर ४ लोकेन्द्रसिंह धामी र लेकम गाउँपालिका–५ का दिपेशराज बिष्टको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र जोशीपुरका आशिष चौधरीको परिवारलाई भेटेर सान्त्वना दिएका छन् ।
त्यस्तै,सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बराहक्षेत्र नगरपालिका–११ का राजेशकुमार स्वर्णकारको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का शारदा नगरपालिका तीनका प्रवेश भण्डारीको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । तर बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे भने इजरालमा निधन भएका जयपृथ्वी नगरपालिका–६ बझाङका गणेशुकुमार नेपालीको परिवारलाई भेट्न पुगेका छैनन् । बझाङमा पछिल्लो समय भूकम्पका कारण समस्या भएको र त्यसैमा व्यस्त भएका कारण परिवारलाई भेटेर सान्त्वना दिन नसकेको बताएका छन् ।
बझाङ बाहेकका प्रमुख जिल्ला अधिकारीलाइै इजरायलमा भएको हमासको हमलामा निधन भएका १० जनाकै घरपरिवारले सरकारसँग चाँडै आफ्ना सन्तानको शव घरमै ल्याइदिन आग्रह गरेका छन् । विभिन्न सात जिल्लाका १० जनाको निधन भएका परिवारका सदस्यलाई सोमबार भेट्न पुगेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष आफ्ना सन्तानको शब घरैमा घरमा ल्याइदिन अपील गरेका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments