उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना, नाकामा थप जनशक्ति परिचालन
- आश्विन २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा सोमबार काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यातायातमा सहजीकरण थालेको हो । यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
काठमाडौँ उपत्यकाको सुन्धारा, नागढुङ्गा, कलङ्की, नयाँ बसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगातीलगायत मुख्य उक्त कक्ष स्थापना गरिएको उनले बताए । यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए÷नलिएको, लामो दुरीका सवारी साधनमा दुई चालक भए/नभएको जाँच गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउने छ ।
यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपु¥याइ बाटोमै अलपत्र पार्ने जस्ता कार्यको पनि निगरानी गरिने उनले बताए । यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष जाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने विभिन्न समस्या समाधान गरिने पनि प्रवक्ता भट्टले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments