एमाले प्रदेश अधिवेशन : सुदूरपश्चिममा सहमतिको प्रयास असफल, अध्यक्षमा जैसी, तिमिल्सिना र सिंहको त्रिपक्षिय भिडन्त हुँदै
- आश्विन २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
धनगढी ।
नेकपा एमाले सुदूरपश्चिम अधिवेशन अन्तर्गत प्रदेशको नयाँ नेतृत्वका लागि मंगलबार मतदान हुँदैछ ।
सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि सहमतिको प्रयास असफल भएपछि निर्वाचन समितिले साँझ ५ बजेदेखि मतदान गराउन लागेको हो ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ५ बजेबाट मतदान सुरु हुनेछ ।
गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेशनको भावी नेतृत्वका लागि सोमबार दिनभर सहमतिको प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments