राजनीति / मधेश प्रदेश : मन्त्रालय फुटाइएपछि मधेशमा राजनीतिक तरंग सिर्जना
- आश्विन २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
जनकपुरधाम ।
सोमबार र मंगलबार बिहान मधेश भवनमा गठबन्धनका पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री सरोज यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको विषयमा जवाफ माग्ने निर्णय गरेको छ ।
केही दिनअघि जनमत संसदीय दलका नेता मन्त्री रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय सरकारले फोडेर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।
चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकी कार्यविभाजन गरिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कार्यविभाजनसहित सरकार पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएर मुख्यमन्त्री आफ्नो निजी कामले भारत गएका छन् । १९ असोजमा मन्त्रिपरिषद् पुनर्गठन गरेको विज्ञप्ति प्रदेश प्रमुखको कार्यालयले जारी गरेको थियो । त्यसअनुसार साहले सोमबार मन्त्रालय सम्हालेकी छन् ।
तर आफ्नो मन्त्रालय फुटाइदिएको भन्दै शिक्षा तथा संस्कृति मन्त्रालय सम्हाल्ने पक्षमा जनमतका महेश प्रसाद यादव छैनन् । ‘मन्त्रालय विना छलफलमा फोडिएको छ । यसअघि १० वटाभन्दा बढी मन्त्रालय नबढाउने लिखित सहमति गठबन्धनमा भएको थियो । मुख्यमन्त्रीजीसँग यो विषयमा छलफल भएपछि मात्र मन्त्रालय स्वीकार्ने वा नस्वीकार्ने निर्णय लिन्छौं’, मन्त्री यादवले भने ।
सोमबारको बैठकमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादव, नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका उपनेता युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका प्रमुख सचेतक कनिस पटेल, लोसपा प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र जनमत पार्टी प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव सहभागी थिए । मंगलबार बिहान पनि बसेका बैठकमा भने कांग्रेस संसदीय दलका कृष्ण यादव बाहेकका नेताहरु सहभागी थिए ।
मन्त्रालय फुटाएर जिम्मेबारी दिएको सुरिता साहले महोत्तरी क्षेत्र नं. २ (ख)बाट स्वतन्त्र जितेकी थिइन् । उनलाई मन्त्रालय दिने भनेर जसपाले पार्टी प्रवेश गराएको थियो ।
सुरुमा सामाजिक विकास मन्त्रालय दिएको पनि थियो । तर पछि सो मन्त्रालय फुटाएर शिक्षा तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएपछि उनी जिम्मेबारी विहीन बनेकी थिइन् । त्यसैले उनलाई जिम्मेवारी दिन शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाइएपछि मधेशमा राजनीतिक तरंग सिर्जना भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments