हाम्रो कृषि : धानलाई कालो पोके रोगले सतायो
- आश्विन २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
तुलसीपुर (दाङ) ।
“धानमा कालो पोके रोगले सताएको छ । फलेका गेडामा कालो पोके लागेको छ”, दङ्गीशरण–४ का थम्मनबहादुर रेउलेले भने , “यो वर्ष उत्पादन घट्ने भयो ।” यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको भनाइ उनको छ ।
“यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्यो”, स्थानीय जयलाल वलीले भने , “धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।” बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका भनाइ उनको थियो ।
कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताउछन् । किसानलाई एग्रोभेटबाट हाइब्रिट बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उनीहरुले हाइब्रिट बीउले धेरै उत्पादन दिन्छ भनेर लगाउनुभएको उनले बताए । आगामी वर्ष हाइब्रिट बीउ नलिने र लिए पनि उपचार गरे÷नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने भनाइ उनको थियो ।
“हाइब्रिट जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ । त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ”, डाँगीले भने , “नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन् ।” उनका अनुसार जिल्लामा फड्के कीराले पनि धान बालीमा असर गरेको छ । दङ्गीशरणमा मात्रै दुई हजार छ सय ३१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments