द्वन्द्वमा इजराइल :नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेको > परराष्ट्र मन्त्रालय
- आश्विन २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल र गाजाबीचको घटनापछि समस्यामा परेका विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकार गम्भीर रूपमा लागेको जनाएको हो ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रवक्ता सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन् । हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको बताइन् । २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताइन् ।
सम्पर्कविहिन बनेका बिपिन जोशीको खोजीका लागि सरकारले इजरायल सरकारसँग गम्भीर भएर लागेको बताइन् । गाजा क्षेत्र नजिक रहेका ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।
मृतकको शव नेपाल ल्याउन समेत सरकारले प्रयास गरिरहेको बताइन् । ‘सबै मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको छ । त्यहाँबाट सबै प्रकृया पुरा गरेर हामीलाई हस्तान्तरण गरेपछि हामी ल्याउँछौं ।’ उनले भनिन् ।
शव नेपाल ल्याएर मृतकका आफन्तहरूलाई बुझाउने उनको भनाई छ । यसका लागि नेपालस्थित इजरायली दूतावास र इजरायलस्थित नेपाली दूतावास सक्रिय भएर लागेको उनको भनाई छ । बुधबार २५० सिट क्षमताको वाइड बडी जहाज त्यसतर्फ जान लागेको उनको भनाई छ । त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजिकरण गर्न सरकार तयार रहेको उनको भनाई छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments