सुन तस्करी प्रकरण : राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता

- आश्विन २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल (रेशमबहादुर) सहित चार जनाविरुद्ध बुधबारकाठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सङ्गठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा निजविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए ।

उक्त कसुर गरेको आरोपमा राहुलसहित काठमाडौँका लोकेन्द्रकुमार पौडेल, कपुरधारा बस्ने बेल्जियमका नागरिक दावा छिरिङ, काठमाडौँको बौद्धका निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताए । अभियुक्त निमा हाल फरार छन्भने दावा ६१ किलो सुन तस्करीका आरोपी समेत हुन्। अघिल्लो वर्ष २०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर करिब नौ किलो सुन तस्करी भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर