रिगलको कैदमाफीविरुद्ध महिलाहरूको प्रदर्शन, पुनः जेल चलान गर्न माग

- आश्विन २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले रिगललाई पुनः कारगार पठाउनुपर्ने माग गर्दै बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाह दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छन् ।

महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको मर्म विपरित निर्णय गरेको भन्दै प्रदर्शनमा उत्रिन बाध्य भएको बताइन ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भइ जेल परेका थिए । रिगललाई सरकारले संविधान दिवसको अवसरमा यसै महिना कारागारबाट मुक्त गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर